लघुकथा : चुनाव

20.3K
shares
Nabil bank

लौ चुनाव लागेछ ।

पार्टीको चहलपहल सुरु भयो । कोही कता त कोही कता उम्मेदवारी जनाउँनमा व्यस्त देखिन्छन् । सूचना सम्प्रेषणमा अखबार,समाचार, रेडियो लागायत सामाजिक सञ्जाल तातिएको छ । मान्छेहरू भेला हुँने, टेबलगफ  गरेका छन् । समसामयिक माहोलको रन्काईले चिसो बिर्सिएका छन् ।

 

कोही मौकाको फाइदा उठाउँन  तल्लिन देखिन्छन् । उहीँ पुरानै गतिविधि दोहोर्याएको पनि देखियो । चाप्लुसीवाज, टाउका गनेर हाम्रोको नारा लगाएर नेताका विश्वासपात्र बन्न व्यस्त देखिन्छन् त कोही हचुवाको भरमा भविष्यवाणी गरेका छन् । गफ्फिएका बेला पहिलोले अखबारमा नजर डुलाउँदै भन्यो,  ” माछोमाछो भ्यागुतो भनेझै पो भएछ, पुरानै अनुहार दोहोरियो त ?” ऊ उदेक स्वरमा बोल्यो

 

अर्कोले सही थाप्यो, “केकनै होला भन्ठानेको त हिस्स बुढी खिस्स दाँत, भनेझै रहेछ राजनीति त ।” उसले जिब्रो लोप्राउँदै बोल्यो

 

पहिलोले, “राजनीति गर्नेले त जनताको मन जित्नुपर्छ, बल्ल पो विश्वासको पात्र भइन्छ, पैसाको भरमा कहाँ हुन्छ र ?” ऊ उपेक्षा एवम् उदेक मिश्रित स्वरमा बोल्यो

 

दोस्रोले सङ्केत गर्दै व्यङ्ग्य कस्यो, ” जटिल परिस्थितिसँग डराउँने होइन, डटेर जसले सामना गर्छ उहीँ युगको चाहना बन्छ । समस्या आफैँमा ठुलो हुदैन बस् त्यसलाई समाधान गर्न नसक्दा ठुलो हुने हो ।” उसले छेड हान्यो

 

दुबैका कुरा सुनिरहेको तेस्रो कड्किएर बोल्यो, ” लहरो तान्दा पहरो गर्जन्छ भन्थे हेर केटा हो, यस्तै हो भने नसोचेको खोलाले बगाउँछ है ।”

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x