लघुकथा : थरुहट

957
shares
Nabil bank

 

 

 

बुधना र मझली व्यस्त छन् ।

दिउँसोको टन्टलापुर घाममा उफ पनि नभनी खेतमा गहुँ काटेका छन् । प्यास लाग्दा घैँटाको चिसो पानी खादैँ बाली थन्काउँनमा व्यस्त देखिन्छन् । बिहान कल्वा खाएर निस्किएका दिउँसोको मिन्हीको पर्खाइमा छन् । उनीहरू मिजास, मिहिनेती र इमान्दार देखिन्छन् ।

 

सविता खेतमा जादै थिई । उसलाई उनीहरूको परिश्रम देखेर  समुदायका बारेमा जान्ने उत्सुकता जाग्यो र सोधी, “कुन समुदायका, कहाँका हौँ, घाममा काम गरेका छौ त ?

 

बुधनाले पुलुक्क अनुहार हेर्दै भनी, “हामी जङ्गलको नजिक बस्ने जाति भूमि पुत्र हौँ ।  हाम्रो पेसा खेतीपाती र पशुपालन हो । माछा मारेर जिविका चलाउँछौ , काम नगरे के गर्नु त ?” उसको प्रतिप्रश्न कुतुहलताले भरिएकोले झन उत्सुकता थपिदिई ।

 

सविताले,  “देख्दा त साह्रै सोझा, मङ्गोल आकृतिका पो देखिन्छौ, कहाँ हो पहाडघर ?  उसले फेरि प्रश्न तेर्साई

 

बुधनाले केही गम्भीर हुँदै, “त्यहीँ भएर त हामी कमैया प्रथा र कमलरी प्रथाबाट पिडित छौँ । हाम्रा समस्या न्यायलयसम्म पुग्न सकेको छैन । हामी कपिलवस्तुका शाक्य र कोलियाहरूका सन्तान हौँ ।” उसले यथार्थता बताई

 

सवितालाई सकसकी लाग्यो र एकटकले अनुहार नियाली रही । हसुली र नथिया लगाएका, कालो चोली, सेतो सारीमा सजिएको पहिरनले उसको ध्यान खिँच्यो र सोधी, “तिमीहरूको परिवारमा को-को हुनुहुन्छ, ?” उसले जिज्ञासा राखी

 

फेरि बुधनाले उसको मनोभावना बुझेर जवाफ फर्काई, “ए हामी थरुहटहरू दुई, तीन पुस्ता एकै ठाउँमा बस्छौ र माघी, जितिया पर्व धुमधामले मनाउँछौ पनि ।” उसको खुलदुली मेटाई ।

 

दुबैका बातचित पर्गेली रहेकी मझली एक्कासी बोली, “राज्यले न्याय गर्न नसकेनी हामी आफ्नै संस्कृतिमा रमाउँने, के लाठी नाचले हाम्रो समुदायको ध्यान खिँचेको छैन त ?” उसले एकैसासमा भनी

 

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited