Banner ad for NADA AUTO SHOW -2026

        हाइकुहरू

1.6K
shares

 

 

 

१.
धर्मको बाटो
भोट पनि कर्म हो
फल आफैं आउँछ

२.
विवेक हरायो
मतदान अन्धो हुँदा
राज्य अन्धो हुन्छ

३.
कर्मबिनाको
सत्ताले शासन गर्दा
पाप फल्छ देशमा

४.
लोभले छोप्दा
राजधर्म बिर्सिँदा
सिंहासन काँप्छ

५.
लोकसेवाभन्दा
स्वार्थ अघि बढेपछि
शासन अधर्म

६.
सत्य मौन भयो
नाराको भीडभित्र
धर्म डुबेको

७.
राजा होस् जनता
शुद्ध चेतनाविना
राज्य भ्रमित

८.
मतदान यज्ञ
आहुति विवेक हो
भ्रष्ट भोट पाप

९.
संयम हरायो
नेतृत्व अहंकारमा
विनाश नजिक

१०.
धर्मराज्य बन्न
कानून होइन केवल
चरित्र चाहिन्छ

११.
कर्मको लेखा
पाँच वर्षमा खुल्छ नै
चुनाव न्याय हो

१२.
पूर्वीय बोध भन्छ
शासन आत्मसंयम
विनाको व्यर्थ

 

civil hospital
Hams Hospitals