विष्णु माझीको आवाजमा ‘दुधै फाटेसी’ सार्वजनिक, लोकगीत बजार ततायो
वि.सं.२०८२ पुस २६ शनिवार
2.1K
shares
shares
काठमाडौं । नेपाली लोकगीत जगतकी सफल गायिका विष्णु माझिको नयाँ गीत ‘दुधै फाटेसी’ सार्वजनिक भएको छ। विष्णु माझिको स्वर रहेको यो गीत निर्माण टिमले आज सार्वजनिक गरेको हो।
राजन राज शिवाकोटीको शब्द र संगीतमा तयार भएको यो गीतमा विष्णु ई राजनले नै गायकीमा साथ दिएका छन्। श्याम श्वेत रसाइलीको एरेन्ज रहेको यो गीत केहि वर्ष अगाडी सार्वजनिक भैसकेको गीतको नयाँ भर्सन हो। गीतको पुरानो भर्सनमा विष्णु माझी र राजु परियारको स्वर रहेको थियो।
अहिले भने यो गीतलाई राजनराज शिवाकोटीले नयाँ शैलीमा तयार पारेर बजारमा ल्याएका हुन। भिडियोमा राजन राज शिवाकोटी, सुनिशा बजगाई, प्रभात पल ठकुरी र जुना विश्वकर्मा फिचर छन्। पवन सुस्लिङ्गको छायांकन र सम्पादन रहेको यो भिडियो गज्जवको टिभीबाट सार्वजनिक भएको छ।































