लघुकथा : मकर सङ्क्रान्ति

22.4K
shares
Nabil bank

 

 

 

सप्ताहमा गएको बेला सुनेकी थिएँ । गुरूले बडो गज्जबले भन्नु भएको थियो, निकै रोचक प्रवचन थियो । अहिले नि मेरो कानमा गुञ्जिरहन्छ । उमेर पुगेसी घुमौँला, धर्म कमाउँला भनेर हुदैन रे, क्या ! जीवनको गतिसङ्गै मिलाएर सबै गर्न जानियो भने मात्र सफल भइन्छ नत्र कालको ठेगान हुदैन ! कस्को कतिखेर हो ? माथ्लाघरे ठुलीले लामो सुस्केरा तान्दै साहिँलीलाई भनी ।

 

साहिँलीले सहमति जनाउँदै, “त्यो त होनि तर खोई फुर्सद ! वस्तुभाउ, पानीपधेँरो, दाउराघाँस, घरधन्दा यसोउसो गर्दागर्दै भ्याइदैन । जहिलेनी पन्ध्र असारको चटारो, के गर्ने त ?” उसले दुखेसो पोखी ।

 

त्यतिकैमा पल्लाघरे आमोई आवाज दिदैँ, ” के गरेछौ केटाटी हो, के को गन्थन हो ?” कराउँदै  भित्र पसिन ।

 

ठुलीले स्नेहका साथ आमोईको मुहार हेर्दै मुसुक्क हाँसी र भनी,  “सप्ताहमा सुनेका कुरा गरेकी, आज सङ्क्रान्ति नदीमा नुहाउन जाऊ भनेकी हुँ ।” उसले साहिँलीलाई पुलुक्क हेरी ।

 

साहिँलीले उत्सुकता जगाउँदै आमोईलाई सोधी, “किन आज नै जानुपर्ने, अर्कोदिन गए हुदैन । के छर यस पर्वको महत्त्व ?” उसले आफ्नो जिज्ञासा मेटाउँन खोजी

 

आमोई केही गम्भीर हुँदै, त्यसै केटाटी भनेको होइन मैले । ल सुन, “माघ महिनाको पहिलो दिन माघी पर्व पनि हो । आज सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतिर जाने हुँदा दिन लम्बिदै जान्छ र रात छोट्टिदै जान्छ ।” उनले आफ्नै लवजमा सम्झाइन्

 

फेरि थपिन, “आजको दिन नदी, जलाशय, देवघाट, त्रिवेणी, रिडी, गङ्गासागर, प्रयागमा स्नान गर्नाले महास्नान,मठ मन्दिरको दर्शन गरि दान दिदाँ महादान हुन्छ । अनि खिँचडी, तरुल, चाकु, तिलको लड्डु लगायतका विशेष फल खाएमा शरीर पोषिलो भई निरोगी भइन्छ ।” उनले विस्तारले बताइन् ।

 

साहिँली वाल्ल परी र भनी, “कालो अक्षर भैँसी बराबर भन्थे हो रछ, अहिलेसम्म मैले धर्मको महत्व किन बुझ्न सकिन हँ ?” उसले टाउको निहुराएर खिन्नता बोध गरी

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x