तोमनाथ उप्रेतीका दस हाइकुहरू
वि.सं.२०८२ माघ ३ शनिवार
12.6K
shares
shares
१.
स्क्रिनको उज्यालो
मनभित्र गहिरो अँध्यारो
विवेक खोज्दैछ।
२.
लाइकको वर्षा
आत्मा तिर्खाइ नै रह्यो
शान्ति कहाँ छ?
३.
क्षणिक मुस्कान
दीर्घ मौनको मूल्य
विवेक बोल्छ।
४.
डोपामिन नाच्छ
मनले ‘पज’ खोजिरहे
सास गन्दैछ।
५.
सूचनाको भीड
एकान्तमा भेटिन्छ
आत्माको स्वर।
६.
तुलनाको आगो
इच्छाशक्ति पानी बनोस्
मन शीतल।
७.
नोटिफिकेसन
मनको ढोका बन्द गर्दा
शान्ति पस्छ।
८.
बाहिरी चमक
भित्री दीप बल्यो भने
मार्ग स्पष्ट।
९.
ट्रेन्ड बगिरहे
विवेक उभिएर भन्छ
“म यहीँ छु”।
१०.
क्षणिक
सुख टाढा
दीर्घ शान्ति नजिक छ
विवेकसँगै।
Subscribe
0 Comments
Oldest

































