लघुकथा : अतिशय

15.5K
shares
Nabil bank

यिनीहरूको मित्रता साह्रै गाढा पो छ त ? सबैका उदाहरण बनेका छन् । खादा, बस्दा, हिड्दा कतिखेरै छुट्टिने होइनन् क्यार, के को मिलती हो ? दुइटी भएसी कोही चाहिँदैन जस्तो गर्छन् । छिमेकमा गाइँगुइँ सुनियो ।

 

रश्मी र कुशुम त्यस्तै थिएँ । उनीहरू एकछिन छुट्टिदैन्थे । दु:खसुख एकआपसमा साटासाट गर्थे । गाउँ, छरछिमेकको चाँसो राख्दैन्थे । उनीहरू आफ्नै धुनमा रमाएका थिए ।

 

एउटीले चाँसो देखाउँदै भनी, “दुवैका विचार, सिद्धान्त मिलेपछि कस्को के लाग्छ ? एक हुँन गुण पनि मिल्नुपर्छ क्या ।” उसले मुख बङ्ग्याउँदै बोली

 

अर्कीले सहमति जनाउँदै, ” होत कोही मान्छे देख्ने बित्तिकै मनपर्छ त कोही देखेसी रिस उठ्छ । ग्रह मिलेको त होला, हगि ।” उसले आफ्नो राय राखी ।

 

रश्मीको घरमा पूजा छ, सहयोग गर्न जानुपर्ने भन्दै बाटो लाग्छन् । त्यहाँ कुशुम नदेख्दा पहिलीले सोधी, ” खोई कुशुम देख्दिन त, आइनन् कि सन्चो भएन ।” उसले गहन भावले सोधी

 

रश्मी खिस्स हाँसी र भनी, ” अचानाको पिर खुकुरीले जान्दैन ।” भन्दै आफ्नै धन्दामा लागी । परपाहुना, खाना व्यवस्थापनमा व्यस्तता जनाई

 

पहिली अचम्म मान्दै मनमनै गुनी, ” के भएछ, किन मतभेद ? झगडा भएको पनि थाहा भएन ।” उसले आँफैसँग प्रश्न गरी ।

 

अर्कीले वास्तविकता पत्ता लगाई र भनी, ” कान देऊ कुरा नदेऊ भन्थे, औषधि नि अति भए विष हुने रहेछ ।” उसले साउती मारी

 

भूमिका गैरे तिमिल्सिना 

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x