तोमनाथ उप्रेतीका केहि हाइकुहरू

16.5K
shares
Nabil bank

१.
हिउँमुनि खरानी
शिशुको सासमा युद्ध
शान्ति रोइरहेछ।

२.
सायरनबीचै
लोरी हरायो बिहान
पालना खरानी।

३.
झण्डा लाशमाथि
इतिहास मौन हाँस्छ
रगतको पाठ।

४.
बंकरको भित्तामा
घाम कोर्छ कम्पित हात
आशा काँपिरहे।

५.
तोप मौन भएपछि
शिशुका आँसु मात्र
विजय बाँकी रह्यो।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x