हाइकुहरू

1.3K
shares

 

१.

संविधान छ तर

जीवनमा उज्यालो छैन

लोकतन्त्र मौन।

२.

सत्ताको होडमा

जनताको स्वर हरायो

विश्वास चकनाचूर।

३.

नैतिकता बिना

कागजमै सीमित हुन्छ

जनताको शासन।

४.

अधिकार मात्रै

कर्तव्य बिर्सिँदा यहाँ

लोकतन्त्र थाक्छ।

५.

सत्यको आधार

नेतृत्वमा करुणा भए

राष्ट्र अघि बढ्छ।

६.

चुनाव सकिए

चेतना हरायो फेरि

सत्ता मात्र बाँकी।

७.

मूल्यमा टेकेको

नीति जब जनमुखी

समृद्धि टिक्छ।

८.

नैतिक शिक्षाले

लोक

तन्त्र सास फेर्छ

भविष्य उज्यालो।

 

civil hospital
Hams Hospitals