लघुकथा : वन्दना

810
shares

“कताको साइत हो ?” हिड्न लाग्दा आमाले प्रश्न तेर्याउँनु भयो ।

 

“सरस्वती पूजाको कार्यक्रममा जान लागेको । ” भन्दै हरिशरणले जवाफ फर्कायो

 

साहित्यप्रेमी प्राज्ञहरूले कार्यक्रमको आयोजना गरेका छन् । सबैलाई ग्रुपबाटै केही न केही सुनाउँनु पर्ने खबर भएको छ । लेख रचना लिएर निर्धारित समयमा नै सबैले उपस्थिति जनाए । हल शान्त अनि खचाखच भरिएको छ ।

 

उद्घोषकले कार्यक्रमको तारताम्य मिलाए र सुरू गरे । अतिथिको आसन ग्रहण, राष्ट्रिय गान, कार्यक्रमको उद्घाटन सरस्वतीको वन्दनासहित शङ्खको एकाग्रपूर्ण शान्त ध्वनिले सभाहल गुञ्जियो । अतिथिहरूको स्वागत मन्तव्य,कार्यक्रमको औचित्यमाथि प्रकाश पनि पारियो ।

 

रचना वाचन सुरू भयो । स्रष्टाहरूले विद्याकी देवी सरस्वतीको कविताबाटै महिमा गान गाएर सुनाए । साहित्यकारहरूको गुणात्मक उपस्थितिले सबैको ध्यान खिँचेको छ । हातमा वीणा, पुस्तक लिएकी, स्फटिकको माला, वाहन, हातमा वाद्ययन्त्रको मधुर धुनले जीवनलाई नै संगीतमय तुल्याएको वर्णन गरे ।

 

मन्तव्यका क्रममा हरिशरणको पालो आयो । उद्घोषकले बोलाए, ऊ मञ्चमा गयो र माइकमा बोल्न थाल्यो, “लक्ष्मी र सरस्वती सौतासौती हुन्, यिनीहरू एक साथमा बस्दैनन् । एकले लिन सिकाउँछिन भने अर्कीले दिन ।” भन्दै उसले ठट्यौली पारामा कुरा टुङ्ग्यायो । पररर ताली बजे

 

कार्यक्रम समापन भयो र सबै आ-आफ्नो बाटो लागे । आमाले व्यङ्ग्य कसेर भन्नुभयो, ” जति विवेकका कुरा गरेनी देशा यस्तो तछाडमछाड छ, नेताका बुद्धि कहिले फिर्लान्, कुन्नि ?” उहाँले समसामयिक परिवेश दर्शाउँनु भयो ।

 

लघुकथा : वन्दना

भूमिका गैरे तिमिल्सिना

civil hospital
Hams Hospitals