महिलाको जीवनमा आधारित ‘बहुरिया’ नाटक नियमित मञ्चनमा

7.8K
shares

 

काठमाडौं । काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा ‘बहुरिया’ नाटकको नियमित मञ्चन भइरहेको छ ।

नाटकले मधेसको लवज र सामाजिक परिवेशमा आधारित रहेर एउटा महिलाले विवाह पश्चात भोग्नु परेको पिडालाई प्रस्तुत गरेको छ ।

नाटक माघ ८ गतेदेखि २९ गतेसम्म हरेक दिन साँझ ५ बजे मञ्चन हुँदैछ भने शनिबार दिउँसो १ बजे पनि विशेष शो रहेको छ ।

सुरज यादवको लेखन तथा निर्देशनमा तयार भएको यस नाटकको रचनात्मक निर्देशन सरिता गिरीले गरेकी हुन् भने निर्माण बुद्धि तामाङले गरेका हुन् । मण्डला थिएटरको प्रस्तुतिमा बनेको नाटकमा निर्देशक तथा कलाकार सुरज यादव र प्रशंसा शिवाकोटीको अभिनय रहेको छ ।

civil hospital
Hams Hospitals