लघुकथा : भुइँमान्छे
वि.सं.२०८२ माघ १३ मंगलवार
shares
“निकै ठुल्ठुला कुरा गर्दो रहेछ है !” ऊ खिस्स हाँस्यो
यथार्थता दर्शाउँदै मैले भनेँ, “किन सानो भन्दैमा अन्यायका विरुद्धमा बोल्नै नहुने भो ? ठुलाले गरेको सबै राम्रो मानेर सुनिदिनु पर्ने, मान्नुपर्ने अनि सानो भन्दैमा जहिल्यै खुम्चिनु पर्ने ?” मेलै तिक्तता व्यक्त गरेँ
ऊ जङ्गिदै बोल्यो, ” समूहमा क्रान्तिकारी भाषण गर्ने,मान्छे उचाल्ने, तेरो यत्रो साहस !” ऊ होच्याउँदै बोल्यो र आवाज दबायो ।
गम्भीर भएर शान्त हुँदै मनमनै गुनेँ, “भड्किनु पर्ने त केही पनि थिएन ? सामान्य कुरो मात्र थियो, आगै भए त ? ठुलै अपराधै गरे जस्तो, के गल्ती भयो र मबाट ?” बोलेका शब्द पुन: दोहोर्याएर त्रृटि नियाल्ने कोसिस गरेँ
फेरि सोचेँ, “नबोले नि हुँने हो, बेकार किन बोले हूँला ? सबैलाई चलेको ठाउँमा मलाई मात्र किन टाउको दुखेको, भो जेसुकै होस् अब बोल्दिन ।” मैले आफैंसित प्रण गरेँ र मौन बसेँ
मेरो मौनता उसलाई सहिनसक्नु भएछ, निचा देखाउँन हरतरहले प्रयास गर्यो । ऊ औँल्याउँदै भन्दै थियो, ” अल्अलि के पढेको थियो, आँफूलाई केकनै मैहुम ठान्दो रहेछ ? नमच्चिने पिङको सय झट्का ।” उसले व्यङ्ग्य कस्यो
फेरि केही नरम भएर सहानुभूति देखाउँदै, “तेरो परिवारलाई के गरिन ? सरसापटी, पिरमर्का, सहयोग चाहिदा कहिल्यै नाई भनिन्, नपत्याए तेरो बाउलाई सोध ।” उसले फकाउँन खोज्यो
सबै नियाली रहेको तेस्रो निडर हुँदै भन्यो, ” क्षमतावान मान्छेको मौनता पनि अहङ्कारीको गतिलो हतियार बन्न सक्छ, सधैं कति भुइँमान्छे नै भएर जीवन बिताउँछौ हँ ?” उसले ढाडस दियो।

































