हाइकुहरू

960
shares

 

१.

सुन्दर विचार

मनको उज्यालो बन्छ

समाज फुलाउँछ।

२.

अनुहार होइन

विवेक नै सुन्दरताको

साँचो पहिचान।

३.

सकारात्मक सोच

भविष्यको बीउ हो यो

आशाले भरिन्छ।

४.

चेतनाको दीप

अन्धकार चिर्दै हिँड्छ

जीवन उज्यालो।

५.

मनको स्वच्छता

सबैभन्दा ठूलो धन हो

शान्तिको स्रोत हो।

६.

विचारको शक्ति

समयभन्दा बलियो छ

इतिहास लेख्छ।

७.

करुणा बोकेर

मानवता सजाउँदा

स्वर्ग बन्छ पृथ्वी।

८.

आत्मबोध जागे

ईर्ष्या हराउँदै जान्छ

मन शान्त बन्छ।

९.

सुन्दर चरित्र

मौन भाषामा बोल्छ

हृदय छुन्छ।

१०.

सत्य र स

द्भाव

चेतनाको मूल मार्ग

समृद्धि ल्याउँछ।

 

civil hospital
Hams Hospitals