तीन मुक्तक

369
shares
Nabil bank

 

 

 

१.किताबका पानाबाट ज्ञानको रस चुहाउनुपर्छ,

मस्तिष्कको सुक्खा बगरमा मूल फुटाउनुपर्छ।

पढेर मात्र पुग्दैन यहाँ विवेकलाई जगाउन,

विचारको जलले चेतनाको मुना पलाउनुपर्छ।

 

 

२.

निकासको बाटो छेउमै छ, तर आँखा जुधाएको छैन,

अध्याँरो गुफाभित्र मान्छेले गन्तव्य पछ्याएको छैन।

सामुन्ने छ शिखर चढ्ने सिँढी, तर के गर्नु र खै?

आफ्नै हातको औजारले यहाँ आफैँलाई सघाएको छैन।

 

३.

कम्प्युटर छैन हातमा, तर सपनाका पहाड छन्,

कालो पाटीकै चित्रभित्र भविष्यका आकार छन्।

अभावले थिचे पनि सिक्ने भोक मरेको छैन,

यिनै मैला कापीभित्र भोलिका नयाँ संसार छन्।

 

 

 

 

नारायण नाथ योगी 

 इटहरी सुनसरी

 

 

 

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited