केही हाइकुहरू
वि.सं.२०८२ माघ २० मंगलवार
11K
shares
shares
१.
करुणाको दीप
हिंसाको अन्धकार चिर्दै
आत्मा उज्यालो।
२.
धर्मको स्वरूप
प्रेमको शीतल छाया
क्रोध पग्लिन्छ।
३.
विवेकको बाटो
अहिंसाको सुगन्धमा
जीवन मुस्कान।
४.
रगतको होइन
आत्मबलिदान चाहिन्छ
ईश्वरको चाह।
५.
चेतनाको फूल
सत्यको जलले फुल्छ
घृणा ओइलाउँछ।
६.
मौन करुणा
हृदयको तीर्थयात्रा
शान्ति अवतर।
७.
संस्कारको मूल
दया र सहिष्णुतामा
स्वर्ग अवतार।
८.
अहिंसाको गीत
हावामा बगिरहँदा
दुःख विलय।
९.
धर्मको दीपशिखा
अज्ञानको छायाँ माथि
सत्यको विजय।
१०.
मानवताको मार्ग
प्रेम र विवेकको संगम
अनन्त शान्ति।
Subscribe
0 Comments
Oldest


































