लघुकथा : बालमनोविज्ञान

15.1K
shares
Nabil bank

“बाबा हुजरको विहेमा मलाई किन नलगेको ?” छोराले फोटो अनि भिडियो देखाउँदै सोध्यो ।

हजुरआमा सुनेर हाँस्दै, ” के भन्छ ?” भन्दै काममा अल्मलिनुभयो

फेरि रून्चे स्वरमा, ” ममी, आमा, बुबा अनि तपाइँ सबै हुनुहुन्छ तर ममात्र काहीँ छैन । खानेकुरा पनि कति धेरै अनि मिठामिठा रहेछन् ।” अबोध स्वरले एकोहोरो गनगन गर्यो

 

छोराको उत्कण्ठाले भरिएको प्रश्नले उनी  नि:शब्द भए । अनेक बहाना बनाउँदै थिए । त्यतिकैमा ममीले आवाज दिदैँ भित्र आइन र भन्न थालिन्, ” केको गनगन हो बाबुको ।”

उसले ममीको अनुहार मुसार्दै पुन: उहीँ प्रश्न दोहोर्यायो, “तपाईंहरूको विहेमा किन नलगेको, कहाँ गएको थिए र म ?” उसले दुखेसो पोख्दै रून थाल्यो ।

उनले अनकन गर्दै फकाउँन थालिन, ” तिमी घरमा थिएनौ, घुम्न गएका थियौ, त्यसैले।” उनले अल्मल्याउँन खोजिन्

फेरि मायालु स्वरमा,  “बाबु नयाँ लुगा लगाएर आज घुम्न जाने है । बरू भनन कहाँ जाने ?” उनले कुरा बङ्ग्याइन्

छोराले उत्सुकताले भरिएको नजर जुधाउँदै भन्यो, ” पार्क अनि कोको जाने ?”

 

यस्तै बातचित चलिरहेका बेला हजुरआमा आएर परिवेश नियाली बाबुलाई सुमसुम्याउँदै भन्नुभयो,  ” तिमी जन्मिएकै थिएनौ बाबु, यो उमेर जिज्ञासुको हो, तिमीहरू किन कुरा बुझ्दैनौ हँ ?” उनले स्नेहले छातीमा टाँसिन् ।

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x