कविता:वहिष्कार 

501
shares
Nabil bank
मैले उद्घोष गरें
मतदान वहिष्कारको
मलाई आतंककारी घोषित गरी
रेडकर्नर नोटिश जारी गर
सुपुर्दगी गराउ
जेलमा कोच
अनि कोर्रा हान
तिम्रो कथित प्रजातन्त्रको ।
म निभ्ने छैन
म दीपशिखा हँु
सामन्त्याँई प्रवृत्ति जलाउने
म हार्ने छैन युद्ध
जन्मन्छन सयौ योद्धा
तिम्रो कू्ररताले सीमा नाघे पछि ।
म विद्रोहको जुलुस निकाल्छु
सयौ दुःखी मान्छेहरु
जुलुसमा सामेल हुुन्छन
वर्षौ देखिको दमित आवाज विष्फोटित गराउँदै
जिन्दावाद र मुर्दावादको नारा लगाउँछन
तिम्रो सत्ता हल्लने गरी ।
तिमी अधिनायकवादी कठपुतली हौ
जता नँचायो त्यतै नाँच्ने
तिमी भतुवा रहेछौ
साम्राज्यवादीहरुको तलुवा चाट्ने
तिम्रो अनुहारमा निरङकुशता झल्कन्छ
मानव अधिकारको दुहाई दिएर
मानव अधिकार उल्लङघन गर्छौ तिमी ।
मेरो मुस्कान खोसिएको छ
खोसिएको छ गाँस
उठाइएको छ बास
स्वतन्त्रता अपहरित गरी
यात्रामा अवरोध हालिएको छ ।
म भाँच्ने छु
अवरोधका तगाराहरु
म गाउँने छु
स्वतन्त्रताको गीत
कदमको रफ्तार रोकिने छैन
म उक्लने छु हिम्मतको चुचुरो
अनि टेक्ने छु विजयको क्षितिज  ।
जनजीविकाको सवाल उस्तै छ
भ्रष्टाचारको खेल चलेकै छ
धनसिंको बस्ने ओत छैन
बुधुनीको आफ्नो जमिन छैन
सुकेनाशले चाउरिएका छन बच्चाहरु
गाउँमा पाठशाला छैन
अन्धकारमा डुवेका छन बस्तिहरु
मान्छेहरुमा बेचैनी छ
अभावको लौरोले कोर्रा हान्दा
तिमी वेमौसमी भोट माग्छौ
म दिन्न भोट
चोरका खन्ती जस्ता अनुहार लिएर
तिमी मेरो सामुन्ने नआउ
नमाग भोट
म मतदान वहिष्कार गर्छु
वहिष्कारको हक सुरक्षित राख्दै ।
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
            ९८४२०७३५२५
                      [email protected]
civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited