डिशहोम गोमा ‘ह्यारी कि प्यारी’ र ‘प्रेम गीत ३’ स्ट्रिमिङका लागि उपलब्ध
वि.सं.२०८२ माघ २३ शुक्रवार
shares
काठमाडौं । नेपाली मनोरञ्जन क्षेत्रलाई डिजिटल माध्यमबाट सशक्त बनाउँदै आएको डिशहोम गोले दर्शकप्रिय दुई नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’ र ‘प्रेम गीत ३’ लाई आफ्नो ओटीटी प्लेटफर्ममार्फत स्ट्रिमिङका लागि उपलब्ध गराएको छ।
हलमा प्रदर्शनका क्रममा दर्शकको सकारात्मक प्रतिक्रिया र राम्रो व्यापारिक सफलता हासिल गरेका यी दुवै चलचित्र अब घरमै बसेर सहज रूपमा हेर्न सकिने भएको छ। नेपालभित्रका दर्शकले यी चलचित्र रु. २२५ मा हेर्न सक्नेछन् भने नेपालबाहिर रहेका दर्शकका लागि मूल्य USD 1.99 तोकिएको छ।
रोमान्टिक कमेडी चलचित्र ‘ह्यारी कि प्यारी’ निर्देशक डा. कपिल रिजाल तथा निर्माता डा. भोला रिजालको प्रस्तुति हो। जितु नेपाल, सम्राज्ञी आर.एल. शाह, विजय बराल र लक्ष्मी गिरीको अभिनय रहेको यस चलचित्रले सामान्य व्यक्ति ह्यारीको जीवन, प्रेम र मित्रताका उतार–चढावलाई रमाइलो र भावुक शैलीमा प्रस्तुत गरेको छ। पारिवारिक दर्शकमाझ यो चलचित्र विशेष रूपमा रुचाइएको थियो।
त्यसैगरी, ऐतिहासिक प्रेमकथामा आधारित चलचित्र ‘प्रेम गीत ३’ निर्देशक छेतन गुरुङ र सन्तोष सेन तथा निर्माता सन्तोष सेनको निर्माण हो। प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिकासहित शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन र माओत्से गुरुङको अभिनय रहेको यस चलचित्रले नेपालसहित अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो चर्चा र प्रशंसा पाएको थियो। भव्य दृश्य, सशक्त कथा र भावनात्मक प्रेमकथाले दर्शकको मन जित्न चलचित्र सफल भएको थियो।
डिशहोम गो नेपाली दर्शकका लागि चलचित्र, वेब सिरिज, लाइभ टेलिभिजन, खेलकुद तथा नेपाली र अन्तर्राष्ट्रिय सामग्री उपलब्ध गराउने अग्रणी ओटीटी प्लेटफर्म हो। मोबाइल, ट्याबलेट र स्मार्ट टिभीमार्फत जहाँसुकै र जुनसुकै समयमा हेर्न सकिने सुविधासहित डिशहोम गोले विश्वभर रहेका नेपाली दर्शकलाई आफ्नो भाषा, संस्कृति र मनोरञ्जनसँग जोड्दै आएको छ।
अब दर्शकहरूले सफल तथा चर्चित चलचित्र ‘ह्यारी कि प्यारी’ र ‘प्रेम गीत ३’ डिशहोम गोमार्फत हेरेर नेपाली सिनेमाको उत्कृष्ट अनुभव लिन सक्नेछन्।





























