निर्वाचन आयोगका पदाधिकारीलाई गुमराहमा पार्दै कमिशन र कर्मचारी माग्ने दुई भाइ 

2.9K
shares

काठमाडौँ । निर्वाचन आयोगका केही कर्मचारीले अनावश्यक चासो देखाउदा समस्या देखिएको छ ।

 

पदाधिकारीलाई पनि गुमराहमा राखेर कर्मचारीले स्वार्थ सोझ्याएको सिहदरवारमा पनि चर्चा छ ।

सुमन घिमिरेको कार्यशैलीप्रति सामान्य प्रशासन मन्त्रालयभित्र असन्तुष्टि देखिएको स्रोतले जनाएको छ।

 

आयोगतर्फबाट आवश्यक जनशक्ति व्यवस्थापनका विषयमा मन्त्रालयसँग बारम्बार निश्चित व्यक्तिहरू नै माग गरिएको, तर पठाइएका अन्य कर्मचारीहरूको जिम्मेवारी व्यवस्थापन र समन्वय अपेक्षाकृत कमजोर रहेको गुनासो मन्त्रालयतर्फबाट उठेको बताइन्छ।

स्रोतका अनुसार, आयोगले कुनै विशेष कर्मचारी नै आवश्यक रहेको भन्दै मन्त्रालयमा पत्राचार र आग्रह गर्ने गरेको छ। यद्यपि, कुन आधार र कानुनी प्रावधानका आधारमा त्यस्तो माग गरिएको हो भन्ने विषय स्पष्ट नभएको दाबी मन्त्रालय पक्षको छ। सामान्य प्रशासन मन्त्रालयसँग विभिन्न श्रेणीका कर्मचारीहरू पठाउने अधिकार रहेको भए पनि आयोगले आफूलाई अनुकूल कर्मचारी मात्र चाहेको देखिएको आरोप छ।

यस सन्दर्भमा सूचना अधिकारी सुमन घिमिरे र अर्का कर्मचारी मोहन जोशीको भूमिकाबारे पनि प्रश्न उठाइएको छ।

यसैबीच, घिमिरेसँग सम्बन्धित व्यक्तिगत कानुनी विषय पनि बेला बेला उठ्ने गरेको छ । रहेको दाबी पनि स्रोतले गरेको छ ।

एमालेकोराजनीतिक निकटताको आधारमा जिम्मेवारी र अवसर पाएको भन्ने आरोप पनि उनीमाथि छ । अघिल्ला निर्वाचनका क्रममा केही मिडिया एजेन्सीसँग अनौपचारिक आर्थिक लेनदेन भएको दाबीसमेत गरिएको छ।

civil hospital
Hams Hospitals