प्रणय दिवस
वि.सं.२०८२ माघ २९ बिहीवार
14.4K
shares
shares
मुक्तक १
कोलाहलभित्र कतै एउटा शान्त गुञ्जन हौ तिमी,
मेरो उजाडिएको मरुभूमिमा शितल साउन हौ तिमी।
के परिभाषा खोजौँ र यो पवित्र प्रेमको यहाँ?
अक्षरले भन्न नसक्ने एउटा दिव्य मौन हौ तिमी।
मुक्तक २
यो रङ्गहीन दुनियाँमा एउटा सुन्दर चित्र बन्यौ तिमी,
भेटिएका हजारौँमा सबैभन्दा पवित्र बन्यौ तिमी।
मुटुको एउटा कुनामा मात्र कहाँ सीमित छौ र?
मेरो सिङ्गो अस्तित्वको एउटा अभिन्न चरित्र बन्यौ तिमी।
योगी नारायण नाथ
इटहरी सुनसरी
Subscribe
0 Comments
Oldest

































