लघुकथा : चर्चा
वि.सं.२०८२ फागुन ४ सोमवार
shares
मोबाइलमा घन्टी बज्यो ।
फोनमा सम जयन्ती मनाउँने जानकारी भयो । समय र स्थान तोकियो । सबैले तोकिएकै समयमा उपस्थिति जनाए । उद्घोषकले कार्यक्रमको तारतम्य मिलाए । उनका योगदानको चर्चा र कविता वाचनमा उपस्थितले केही न केही सुनाउँनु पर्ने थियो ।
उद्घोषकले अतिथिको आसन ग्रहण गराए । शङ्ख ध्वनि र स्वस्ति वाचनले सभाहल गुञ्जियो ।
उद्घोषकले समबारे चर्चा गर्न श्यामसुन्दरलाई बोलाए । उनले भने, ” दस वर्षको उमेरमा कविता लेखेका सम एक साहित्यकार,चित्रकार र नाट्यसम्राट हुन् । उनका बाजे डम्मर शमशेर अत्यन्तै क्रुर थिए । उनले अनेक पारिवारिक पिडा सहदै जेल जीवन पनि बिताएका थिए र क्षयरोगले उनको मृत्यु भयो ।” उनले सर्सती भने
फेरि जोडे, “प्रजातन्त्र पश्चात् सबैमा समान देखाउँन राणा हटाई सम जोडेका थिए । स्वाध्ययनबाटै पूर्वीय र पाश्चात्य कला, धर्म, दर्शनका ज्ञाता थिए ।” उनले सङ्क्षेपमा चर्चा गरेर उपस्थित स्रष्टाहरूको ध्यान खिँचेका थिए
कविता वाचन भयो । कार्यक्रम औपचारिक रूपमा सकियो । कुराकानीका बिच एकले भन्यो, “अनेक हन्डर ठक्कर खाएर जीवन त सङ्घर्षले बिताएका रहेछन् हगि !”
अर्कोले जवाफ फर्कायो, ” धैर्यको वृक्ष तितो हुन्छ तर त्यसको फल मिठो हुन्छ भनेझै जति ठुला चुनौती उति धेरै सफलता !”उसले अनुहार उज्यालो पार्दै दृढताले बोल्यो
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर




























