लघुकथा : प्रेम दिवस

16K
shares
Nabil bank

“धाँदली भो, धाँदली भो ।” एकाएक बाख्राहरूको चर्को आवाज सुनियो ।

 

माउ बाख्राले सोध्यो, ” हैन केको धाँदली हो, केमा भो ?” पागुर काट्दै आनन्दले घाम तापिरहेको बेला खल्बलिएको स्वरमा ऊ बोल्यो

 

त्यो सुनेर कुकुरहरू पनि एकै स्वरमा कराए, ” होहो पक्कै हो, मान्दैनौ मान्दैनौ ।”  भुभु गर्दै एकोहोरो भुक्न थाले ।

 

बिरालाहरूलाई पनि सहिनसक्नु भयो र सही थापे, ” अन्याय भो, अन्याय भो, गलत हो गलत हो, पाइदैन पाइदैन ।” उनीहरू पनि म्याउँ म्याउँ गर्न थाले

 

मुसाहरू पनि के कम दुलाबाट बाहिर निस्के र चाल बुझेर भन्न थाले, “हामी सबै एक हौँ, एक हौँ, जुट्नुपर्छ जुट्नुपर्छ ।” उनीहरूले पनि चलाखी देखाए र त्यहीँ हुलमा मिसिए

 

स्यालहरूले पनि सतर्कता देखाउँदै  भन्न थाले, “आवाज बुलन्द होस् बुलन्द होस्,  छोड्न हुन्न छोड्न हुन्न ।” उनीहरू झन कानै खाने गरी एकोहोरो चिच्याए ।

 

सबै सुनिरहेको फ्याउरोले चलाखी देखाउँदै  सिंहासनमा खबर पुर्यायो,  ” असन्तुष्टि भो सरकार बहुत असन्तुष्टि, सबैजना सडकमा नारा लगाएका छन् । तिनीहरूको समस्या चाडै सुल्झाउँनुहोस् नत्र वितण्डा मच्चिनेछ ।” उसले सुझायो

 

सिंहले एकएकजना नाइके तुरुन्त ल्याऊ  भन्दै ठाडो आदेश दियो । सबै निर्धारित समयमै उपस्थिति जनाए । उसले सोध्यो, ” के भयो, किन असन्तुष्टि ।”

 

सबै मौन रहे पल्याकपुलुक बाख्रातिरै हेरे । उसले निडर हुँदै बोल्यो, ”  प्रेम दिवसको दिन धाँदली भो  सरकार, सबैले घरकी देखाए तर अर्की लुकाए ।” उसले अनुहार खुम्च्याउँदै ङिच्च दात देखायो

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x