लघुकथा : अनुत्साह

12.5K
shares
Nabil bank

 

 

 

के छ केटा हो हालचाल, भन्दै किशोर टुपुल्कियो ।

 

नवीनले पत्रिकामा नजर डुलाउँदै थियो । उसले सुनायो, “प्रचार त व्यापक गरे तर जित कसको हुँने हो ? सबैले आँफुलाई नै पहिलो मान्दै विजेता घोषित गरेका छन् तर बाजी कसले मार्छ, थाहा छैन ? उसले खिस्स हाँस्दै दाँत देखायो

 

रितेशले चियाको चुस्की लिदैँ बोल्यो, ” कसले जितेर के हुँने होर ? दुईचार दिनको खलबल हो । मान्छेका कान ठाडा हुँनेछन्, पत्रकार, मिडियाले काम पाउँछन् । जितेर जान्छन्, आफ्नो दु:ख आँफैसङ्ग छ ।”  उसले निधार खुम्च्याउँदै निराशा जनायो ।

 

किशोरले सहमति जनाउँदै,  ” त्यहीँ त विकासका काम यो गर्छु त्यो गर्छु भन्दै प्रतिबद्धता जनाउँछन् तर जनतासङ्ग असुलेको कर कहाँ गयो ? यथार्थमा जनताकै पैसो विनियोजन गर्ने त हुन्, घोटाला उति, अझ तिनैलाई पाल्नु पर्छ ।   हात्ती आयो हात्ती आयो फुस्सा !” उसले वास्तविकता बतायो

 

नवीनले अन्तर्राष्ट्रिय खबर सुनायो, “मध्यपूर्व क्षेत्रमा युद्धको स्थिति सिर्जना भएछ । कैयौं मान्छे मारिएका छन् । विस्फोटका घटना बारम्बार दोहोरिएका छन्, आखिर द्वन्द  कहिलेसम्म ?” उसले उदासीनता देखायो

 

फेरि झर्को मान्दै, “जुन जोगी आए पनि कानै चिरेको, यिनीसङ्ग आश राख्नु भनेको आँफैले दु:ख पाउनु हो ।” वाक्क मान्दै पत्रिका टेबलमा फाल्यो

 

रितेशले घोरिएर सोचेर बोल्यो, ” मान्छेले विश्वास पनि कहिलेसम्म गर्छ र ? मैहुमको भरमा अवसरवादीहरूको राजनीति, पारदर्शिता छैन, के यो पाराले टिक्ला ?” उसले कर्कश पोख्यो

 

किशोरले समसामयिक परिवेश नियाल्दै,  ” नेताको चित्र होइन चरित्र हेर्ने हो, जनताको चाहना बेवास्ता गर्दा मौकामा घात होला भन्ने किन नबुझेका हँ ? उसले अमिलो मुख बनाउँदै खिन्नता व्यक्त गर्यो ।

 

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x