पारितोष शर्माको विजनेस वर्कसप “सेल्स ग्रोथ मास्टर क्लास“ काठमाडौंमा आयोजना हुँदै

10K
shares

काठमाडौं।नेपालका व्यावसायिक तथा औद्योगिक क्षेत्रका अग्रणी व्यक्तित्वहरुको सहभागितामा, प्रख्यात अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता पारितोष शर्माको विजनेस वर्कसप “सेल्स ग्रोथ मास्टर क्लास“ कार्यक्रम यही २०८२चैत्र ६ र ७ गते काठमाडौंस्थित होटल मक्र्योरमा जिनियस टक्स र सुश्री मिडियाको संयुक्त आयोजनामा हुने भएको छ ।

 

कार्यक्रम, व्यवसायमा सफलताको खाका, नेतृत्वदायी क्षमताको विकास, बिक्री रणनीति, ब्रान्ड निर्माण, व्यवसायमा एआई प्रविधि र आधुनिक व्यवसाय सञ्चालनका व्यावहारिक पक्षहरुमा केन्द्रित रहने छ ।

 

नेपाली व्यवसायी, उद्योगपति, युवा उद्यमी तथा स्टार्टअप प्रतिनिधिहरूलाई आधुनिक व्यवसायिक सोच, रणनीति, नेतृत्व कौशल तथा ब्रान्ड निर्माणजस्ता महत्वपूर्ण पक्षको मार्गदर्शन दुईदिने “सेल्स ग्रोथ मास्टर क्लास“ कार्यक्रममा हुनेछ ।

 

कार्यक्रममा सहभागीहरुले व्यवसायिक सफलता प्राप्त गर्न आवश्यक व्यवहारिक रणनीति, कार्यान्वयनका तरिका र उत्प्रेरणादायी विचारहरु लगायत अन्य व्यवसायिक क्षमता वृद्धि गर्ने दश भन्दा वढी बिषयवस्तुलाई प्रत्यक्ष तथा प्रयोगात्मक रुपमा अनुभूती गर्न पाउनेछन ।

 

पारितोष शर्माले यसअघि भारत तथा अन्य देशहरुमा सञ्चालन गरेका यस्ता कार्यक्रमहरु अत्यन्त सफल प्रभावशाली सावित भएका छन् । नेपालमा दोस्रो पटक आयोजना हुन लागेको यो संस्करणले व्यवसायिक समुदायलाई सशक्त, सचेत र रणनीतिमूलक बनाउने विश्वास लिइएको छ। यस कार्यक्रमले नेपालमा व्यवसाय सञ्चालनको सोच र दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

civil hospital
Hams Hospitals