वडाध्यक्ष र कांग्रेसकी कार्यकर्ताको ‘अन्तरंग भिडियो लिक

8.9K
shares

 

दिक्तेल । खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष नवराज राई र स्थानीय कांग्रेस कार्यकर्ता गीता थापा बस्नेत सँग सम्बन्धित अन्तरंग भिडियो सार्वजनिक भएपछि जिल्लाको राजनीतिक तथा सामाजिक वृत्तमा ठूलो तरंग पैदा भएको छ।

हिजो साँझ बस्नेतकै फेसबुक स्टोरीमार्फत केही समयका लागि भिडियो सार्वजनिक भएको थियो। केही मिनेटमै हटाइए पनि त्यसअघि नै भिडियो अन्य व्यक्तिहरूले सुरक्षित गरिसकेकाले अहिले म्यासेन्जर, ह्वाट्सएप लगायत सामाजिक सञ्जालमार्फत व्यापक रूपमा फैलिएको बताइएको छ।

भिडियो सार्वजनिक भएपछि वडाध्यक्ष राई सम्पर्कविहीन बनेका छन्। उनको फेसबुक अकाउन्ट डिएक्टिभ गरिएको छ भने मोबाइलसमेत अफ रहेको जनाइएको छ। नगरपालिकाका मेयरसँग समेत उनी सम्पर्कमा नरहेको स्रोतको दाबी छ।

घटनापछि बस्नेतका परिवारका सदस्यले समाजमा अश्लीलता फैलाएको र सामाजिक वातावरण बिगारेको भन्दै नगरपालिकामा उजुरी दिएका छन्। उजुरीपछि नगरपालिकाले वडाध्यक्ष राईसँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ।

नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई ले राईको मोबाइल अफ रहेकाले म्यासेन्जर र ह्वाट्सएपमार्फत सात दिनको म्याद दिई स्पष्टीकरण पत्र पठाइने जानकारी दिएका छन्।

राई र बस्नेत दुवै नेपाली कांग्रेस मा आबद्ध रहेका छन्। राई कांग्रेस जिल्ला कार्यसमिति सदस्य हुन् भने बस्नेत क्रियाशील सदस्य रहेको बताइएको छ। यस विषयमा कांग्रेसका जिल्ला सभापति विष्णुकुमार राई लाई समेत ज्ञापनपत्र बुझाइएको छ।

ज्ञापनपत्रमा दुवैलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नुपर्ने माग गरिएको छ। घटना बाहिरिएसँगै खोटाङको राजनीतिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ।

civil hospital
Hams Hospitals