हाइकुहरू
वि.सं.२०८२ चैत २४ मंगलवार
1.1K
shares
shares
१.
डिजिटल प्रहार
मानवता लक्ष्य बन्यो
संवेदना ढल्यो
२.
एल्गोरिद्म युद्ध
भावनाहरू चकनाचुर
मन खाली भयो
३.
स्मार्ट प्रविधि
मानव मुटु कमजोर
डेटा मात्र बाँकी
४.
साइबर रणभूमि
सम्बन्धहरू ढलेका
एक्लोपन विजयी
५.
डाटा विस्फोट
करुणा हराउँदै छ
मौन समाज छ
६.
चेतनाको वार
डिजिटल अन्धकार चिर्यो
मानवता उठ्यो
७.
एआइको हमला
नैतिकता कम्पित भयो
सत्य खोजिँदै
८.
संवेदना जाग्यो
प्रविधि मानव बन्यो
आशा पुनर्जन्म
९.
स्क्रिनको संसार
आँखा थाकेका छन्
मन टाढिँदै
१०.
मानवको विजय
प्रविधि भयो सहयात्री
भविष्य उज्यालो





























