हाइकुहरू
वि.सं.२०८२ चैत २९ आइतवार
771
shares
shares
१.
ईर्ष्याको आगो
मनभित्रै दन्किरह्यो
शान्ति हरायो
२.
अरूको उज्यालो
आफ्नो छायाँ ठूलो भो
आत्मा रोइरहेछ
३.
तुलनाको डोरी
घाँटी वरिपरि कसियो
स्वतन्त्रता गयो
४.
हासोको भीडमा
एक्लो मन चिच्याउँछ
डाहको गीत
५.
ईर्ष्या होइन फूल
तर विषालु काँडाजस्तो
हृदय चिर्छ
६.
आफू भुलिएर
अरूको पछि दौड्दा
आफ्नै हरायो
७.
ध्यानको मौनमा
ईर्ष्याको धुवाँ हरायो
आत्मा चम्कियो
८.
सफलता देख्दा
घृणा होइन प्रेरणा
यही मुक्ति हो
९.
मन सफा भयो
ईर्ष्याको पर्दा च्यातियो
सत्य देखियो
१०.
ईर्ष्या मरेपछि
भित्र शान्ति जन्मिन्छ
नयाँ जीवन





























