हाइकुहरू

123
shares

 

१.
स्क्रिनभित्र युद्ध
अदृश्य हमला चल्छ
मन डराउँछ।

२.
पासवर्ड टुट्छ
विश्वास चोरिन्छ चुपचाप
रात रोइरह्यो।

३.
नक्कली अनुहार
मुस्कानभित्र विष
आत्मा घाइते।

४.
डाटा बग्छ
नदीजस्तै चुपचाप
जीवन खाली।

५.
फिसिङ जाल
लोभले मन समात्छ
धन हराउँछ।

६.
साइबर छाया
पछ्याउँछ हरेक क्लिक
शान्ति हरायो।

७.
अदृश्य हात
पहिचान चोर्छ रातमा
विश्वास टुट्छ।

८.
झुटो खबर
आगोझैँ फैलिन्छ
समाज जल्छ।

९.
नेटको जाल
मानिस फस्छ सजिलै
मन कैदी हुन्छ।

१०.
सचेत बनौँ
डिजिटल ढाल उठाऔँ
भविष्य बचाऔँ।

 

civil hospital
Hams Hospitals