एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी सफल, ४८ हजार ३९२ जना ३ जीपीए कटाए

342
shares

काठमाडौँ । यसवर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेकाे नतिजाअनुसार ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

बोर्डले नतिजा सार्वजनिक गरिए पनि अनलाइन प्रणालीमा भने केही समयपछि मात्रै विवरण उपलब्ध हुने जनाएको छ । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा यस वर्ष पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुन आवेदन दिएका थिए । तीमध्ये नियमित समूहका चार लाख ४१ हजार ५६६ तथा ग्रेडवृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी रहेका थिए ।

civil hospital
Hams Hospitals