हाइकुहरू

360
shares

 

 

१.

हर्मुजको नीलो
तेलसँगै डर बग्छ
संसार काँप्छ आज।

२.

इजरायल छायाँ
तेहरान आकाश रातो
शान्ति टाढा छ।

३.

गोलाबारी ध्वनि
रेतमा लेखिन्छ मृत्यु
मानव रोइरहेछ।

४.

स्ट्रेट बन्द भयो
समुद्र चुपचाप रोयो
तेलको सास थुनियो।

५.

राजनीति आगो
नक्सामा रेखा जल्छन्
सीमा जलिरहे।

६.

ड्रोनको आँखा
रातभर आकाश खोज्छ
निद्रा हरायो।

७.

युद्धको बजार
तेलको मूल्य चिच्यायो
गरीबी बढ्छ।

८.

धुवाँले ढाक्छ
पुरानो बगदाद कथा
स्मृति हरायो।

९.

हर्मुजको बाटो
जहाज डरले फर्किन्छन्
विश्व रोकिन्छ।

१०.

मस्जिद मौन छ
मन्दिर पनि स्तब्ध छ
मानव हरायो।

११.

बमको आवाज
बालकको सपना टुट्छ
आमा रोइरहेछ।

१२.

सत्ता खेल हो
मान्छे त पासा मात्रै
जीवन हारियो।

१३.

इरानको रात
आकाशमा तारा छैन
डर मात्र बाँकी।

१४.

तेलको नदी
राजनीतिक व्यापार
रगत मिसियो।

१५.

सीमा रेखा
मानचित्रमा मात्र होइन
हृदय चिरिन्छ।

१६.

शान्ति शब्द हो
तर यहाँ अर्थ मर्छ
युद्ध बोलिरहेछ।

१७.

हर्मुज साँघुरो
विश्वको सास थुनिन्छ
अर्थतन्त्र रुन्छ।

१८.

डरको बजार
हावामा खबर उड्छ
सत्य हरायो।

१९.

ट्याङ्कर चुप छ
समुद्रसँग कुरा गर्छ
मौन मृत्यु हो।

२०.

मानव सभ्यता
आगोमा लेखिएको छ
भविष्य रोएको।

 

civil hospital
Hams Hospitals