हाइकुहरू
वि.सं.२०८३ वैशाख ३० बुधवार
111
shares
shares
१.
आत्मा उज्यालो
संवेदनाको विस्फोट
मन झिलिमिली।
२.
भित्रको युद्ध
अहंकार ढल्यो जब
करुणा उठ्छ।
३.
शून्यताको रात
अध्यात्मको ज्योति
जीवन बल्छ।
४.
मबाट हामी
चेतनाको पुल बने
मानव जोडिए।
५.
कानून मौन छ
हृदयले न्याय लेख्छ
स्पर्शमा सत्य।
६.
धाराहरू बग्छ
करुणा प्रेम मिसिँदा
जीवन नदी।
७.
आत्मा जाग्यो अब
संवेदनाको आँधी
विश्व काँप्यो।
८.
क्रोध र मोह
ध्यानमा पग्लिँदै
शान्ति फुल्यो।
९.
अन्धकार भित्र
प्रेमको सानो ज्योति
युग बदल्छ।
१०.
परमको खोज
आत्मा शान्तिमा विलीन
जीवन साधना।




























