सुनको मूल्य बढ्यो
वि.सं.२०८३ जेठ ४ सोमवार
843
shares
shares
काठमाडौँ ।नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ८०० रुपैयाँले बढ्दा चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो।
आज सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबार भने सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदी आज प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा खरिदबिक्री भएको थियो।
बजारमा सुनको मूल्य बढेपनि चाँदीको मूल्य घटेसँगै दुई बहुमूल्य धातुको भाउमा फरक दिशा देखिएको छ।






























