हाइकुहरू

123
shares

 

   


हर्मुज बन्द
मिसाइलको छायाँमा
तेल करायो।


इस्पात उड्यो
सम्झौता टुट्दै
आगो बढ्यो।


आकाश चिर्यो
राजनीतिक खेलले
जनता पोल्यो।


नाकाबन्दी
मिसाइलको भाषामा
वार्ता हरायो।


तेलको आँसु
मूल्यसँगै बढ्यो
भोकै संसार।


ध्वंसको बाटो
इस्पातले देखायो
शान्ति टाढा।


गर्जन आयो
हर्मुजको पानी
डरले काँप्यो।


मिसाइल चम्क्यो
सागरले सम्झियो
युद्धको स्वाद।


आगोको रेखा
नक्शाभरि कोरिँदै
रगत कथा।

१०
राजनीति खेल
इस्पातको चालभित्र
विश्व अड्कियो।

११
आकाश मौन
मिसाइलको ध्वनिमा
शब्द हरायो।

१२
तेहरान रात
सायरनको संगीत
निद्रा हरायो।

१३
धुवाँले ढाक्यो
ऊर्जा भविष्य
अन्धकार भयो।

१४
गर्जन भित्र
डिलको असफलता
स्पष्ट सुनिन्छ।

१५
मिसाइल उड्यो
धैर्य बिना नीति
भाँचिँदै गयो।

१६
हर्मुज रोयो
इस्पातको छेउमा
तेल बग्यो।

१७
ड्रोनको आँखा
समुद्र माथि खोज्दै
नयाँ शिकार।

१८
शक्ति देखाइ
शान्ति गुमाउँदै
नेता हाँस्छन्।

१९
तेलको धड्कन
मिसाइलको तालमा
विश्व नाच्यो।

२०
रातो पानी
समुद्रले बोकेको
पीडाको भार।

२१
आकाश फुट्यो
रणनीतिक भूलले
विश्व डगमग।

२२
मिसाइल झर्‍यो
वार्ताको ढोका
सधैँ बन्द।

२३
नयाँ संकट
इस्पातले लेखेको
अर्थतन्त्र।

२४
सागर तात्यो
ऊर्जा राजनीतिले
विश्व पोल्यो।

२५
आगो उड्यो
सम्झौता भन्दा टाढा
शक्ति मात्रै।

२६
निशाना सधैँ
मानवभन्दा ठूलो
अहंकार।

२७
मिसाइलको स्वर
राजनीतिक भाषण
झूटो लाग्छ।

२८
हर्मुज मौन
तर भित्र उर्लियो
विश्व संकट।

२९
तेलको नदी
इस्पातले रोकिदा
भविष्य रोयो।

३०
आकाश शून्य
मिसाइलपछि बाँकी
प्रश्न मात्रै।

 

civil hospital
Hams Hospitals