रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

207
shares

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहको सचिवालयका तीन जनाले केन्द्रीय समिति सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

राजनीतिक सल्लाहकार शाहले खुला मुस्लिम समावेशीतर्फबाट उम्मेदवारी दिएका छन् । यसैगरी, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले रास्वपाको खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको हुन् ।

स्वकीय उपसचिव प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छिन् ।

civil hospital
Hams Hospitals