हाइकुहरू

156
shares

 

१.

असार आयो

माटोले गीत गायो

अन्न मुस्कायो।

२.

हिलोको छाप

किसानको हस्ताक्षर

धरतीको पत्र।

३.

रोपारको स्वर

पानीसँग मिसिँदै

ऋतु प्रफुल्ल।

४.

बीउको सपना

मुटुभित्र उम्रियो

धान बनेर।

५.

बादल झर्यो

आकाशले लेख्यो

हरियो भविष्य।

६.

हलोको रेखा

समयले कोरेको

जीवनचित्र।

७.

पसिनाको थोप्लो

मोतीभन्दा अमूल्य

अन्नको बीउ।

८.

असारे भाका

थकाइ पगाल्दै जान्छ

मन हरियायो।

९.

छुपु छुपु

हिलोको संगीतमा

सभ्यता नाच्छ।

१०.

आलीको बाटो

पुर्खाको पाइला

अझै ताजा।

११.

हिलोमाथि

नाङ्गा खुट्टाले लेख्यो

विश्वासको श्लोक।

१२.

रोपाइँ मेलो

श्रम भयो उत्सव

गाउँ मुस्कायो।

१३.

मेघको वीणा

धानका बिरुवामा

स्वर झरिरहे।

१४.

धानको बोट

हावासँग झुल्दै

प्रार्थना गर्छ।

१५.

किसान हाँस्यो

दुःखले हार मान्यो

गीत जित्यो।

१६.

बाउसेको ताल

रोपारको मुस्कान

एकै लयमा।

१७.

हिलोको गन्ध

बाल्यकाल फर्कियो

मन रसायो।

१८.

माटो बोल्यो

“श्रम नै पूजा हो”

असार सुन्यो।

१९.

बीउ सानो

भविष्य विशाल

विश्वास गहिरो।

२०.

झमझम पानी

धरतीको धड्कन

गीत बनेको।

२१.

गोरुको पाइला

समयसँगै हिँड्छ

अन्नको बाटो।

२२.

आकाश झुक्यो

माटोले अँगाल्यो

जीवन फुल्यो।

२३.

असारे स्वर

कर्णालीदेखि मेची

एकै आत्मा।

२४.

हातमा बिरुवा

आँखामा भोलि

मनमा गीत।

२५.

थकित शरीर

तर स्वर अडिग

यही विजय।

२६.

लोकको भाका

किताबले नसिक्ने

जीवनज्ञान।

२७.

हिलोभित्रै

मानिसले भेट्यो

आफ्नै प्रतिबिम्ब।

२८.

धानको खेत

हरि

यो दर्शनको

खुला विश्वविद्यालय।

२९.

असार साँझ

गीत घर फर्कियो

मन उज्यालो।

३०.

असारे गीत

नेपाली आत्माको

अनन्त स्वर।

 

civil hospital
Hams Hospitals