सरकारी कर्मचारीलाई ड्रेस कोड अनिवार्य, परिचयपत्र बिना कार्यालयमा काम गर्न नपाइने

444
shares

काठमाडौं। नेपाल सरकारले सार्वजनिक निकायमा कार्यरत कर्मचारीका लागि कार्यालय समयमा तोकिएको पोशाक (ड्रेस कोड) र परिचयपत्र (आईडी कार्ड) अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय (तत्कालीन पत्रमा उल्लेखित मन्त्रालय) ले २०८३ असार ३२ गते जारी गरेको परिपत्रमार्फत सबै मन्त्रालय, आयोग, सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा स्थानीय तहलाई यस्तो निर्देशन दिएको हो।

मन्त्रालयका अनुसार राष्ट्रिय सतर्कता केन्द्रको पत्रका आधारमा सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरूले कार्यालय समयमा नेपाल सरकारले तोकेको किसिम र रङअनुसारको पोशाक लगाउनुपर्ने तथा सम्बन्धित कार्यालयबाट जारी गरिएको परिचयपत्र अनिवार्य रूपमा देखिने गरी प्रयोग गर्नुपर्ने व्यवस्था लागू गरिएको हो।

परिपत्रमा कार्यालय अनुशासन, सेवाग्राहीप्रति उत्तरदायित्व र कर्मचारीको सहज पहिचान सुनिश्चित गर्न यो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ।

सरकारले यस व्यवस्थाले सार्वजनिक सेवाप्रवाहलाई थप व्यवस्थित, पारदर्शी र अनुशासित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। अब सम्बन्धित सबै सरकारी निकायले आफ्नो कार्यालयमा कार्यरत कर्मचारीले कार्यालय समयमा अनिवार्य रूपमा ड्रेस कोड र परिचयपत्र प्रयोग गरे/नगरेको अनुगमनसमेत गर्नुपर्नेछ।

सरकारी कार्यालयमा सेवाग्राहीले कर्मचारीको सहज पहिचान गर्न सकून्, कार्यालयमा अनुशासन कायम होस् तथा सुशासन प्रवर्द्धनमा टेवा पुग्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको जनाइएको छ।

civil hospital
Hams Hospitals