दुइ वटा संसदीय समितिको बैठक बस्दै
वि.सं.२०८३ साउन ३ आइतवार
228
shares
shares
काठमाडौं । आव दुइ वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
आइतबार अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने भएको हो ।
अर्थ समितिको बैठक बिहान ९ः३० बजे बस्ने भएको हो । बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघसंस्थाहरुसँग छलफल हुने कार्यसूची छ ।
यसैगरी, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ९ बजे बस्ने भएको छ ।
बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेस भएको प्रतिवेदन, २०८३ उपर महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल हुने कार्यसूची छ ।





























