फेसबुकमा एक्कासी समस्या, वेबमार्फत लगइन गर्दा ‘Temporarily Unavailable’ सन्देश
वि.सं.२०८३ साउन ३ आइतवार
shares
काठमाडौं । सामाजिक सञ्जाल प्लाटफर्म फेसबुकमा शुक्रबार एक्कासी प्राविधिक समस्या देखिएको छ। वेब ब्राउजरमार्फत फेसबुक चलाउने प्रयोगकर्ताले झण्डै आधा घण्टादेखि ‘Account Temporarily Unavailable’ भन्ने सन्देश देखिएको गुनासो गरेका छन्।
समस्या मुख्यतः वेब संस्करणमा देखिएको भए पनि मोबाइल एपमार्फत फेसबुक सेवा भने सामान्य रूपमा सञ्चालन भइरहेको प्रयोगकर्ताहरूले बताएका छन्।
नेपालसहित विभिन्न देशका प्रयोगकर्ताले सामाजिक सञ्जालमार्फत फेसबुकमा लगइन गर्न र पेज खोल्न समस्या भइरहेको जानकारी साझा गरिरहेका छन्। यसले समस्या विश्वव्यापी हुन सक्ने अनुमान गरिएको छ।
यद्यपि फेसबुकको मातृ कम्पनी मेटा (Meta) ले समाचार तयार पार्दासम्म समस्या के कारणले उत्पन्न भएको हो भन्नेबारे कुनै आधिकारिक जानकारी वा स्पष्टीकरण सार्वजनिक गरेको छैन।
हाल अधिकांश प्रयोगकर्ताले आफ्नो फेसबुक खातामा अस्थायी समस्या देखिएको भन्दै सेवा चाँडो सुचारु हुने अपेक्षा गरेका छन्। प्राविधिक टोलीले समस्या समाधानको प्रयास गरिरहेको अनुमान गरिए पनि मेटाबाट औपचारिक पुष्टि हुन बाँकी छ।





























