लघुकथा : भ्रमण

444
shares

 

“तिमी को ?”

 

नेपथ्यबाट आवाज आयो, गाइँगुइँ सुनियो, “चिन्नु न जान्नु ढुङ्गाले हान्नु, के सरासर आको ?” चिच्याहट भयो

 

म तर्सिएँ, डराएँ, केही हच्किएँ । अनेक तर्कना खेलाएँ । आउँन नहुने ठाउँमा पो आएछु क्यार ! यताउता हेरेँ, त्यस्तो विशेष केही देखिनँ । टोलाएँ, सोचेँ, “कहाँबाट कराएका ?”

 

फेरि फत्फताएको सुनियो, “कस्तो पनौती रहेछ, कहाँबाट टुपुल्कियो ? यो गँवार, हटा छिटो ।“ तर्सिएँ

 

यता जाऊ कि उता जाऊ भयो । ठुलै बिराम गरेछु क्यार ! कता जाऊ, कसैलाई देखिनँ, न सोध्न सकेँ ? मन खल्बलियो, ठिङ्ग ऊभिएँ, अपरिचित ठाउँ । बिस्तारै कम्पित स्वरमा बोलेँ, “हजुर !”

 

केही नरम स्वर आयो, “के छ तिम्रो विशेष खुबी, कलाकार हौ ?“ सुनेर केही राहत मिल्यो । अड्कल काटेँ, लाग्यो, रङ्गमञ्च हुँनुपर्छ ।

 

हतार नगरी बोलेँ, “खोज्न आएको ।“ फेरि हड्बडाएको आवाज कानमा ठोकियो, “के, को हरायो ? खोजीको केश हो जस्तो लाग्यो । चौकी जानोस् ।“ सुझावसहितको झिझ्याहट आयो

 

त्यतिकैमा एक युवक आए, भने, “थिएटरमा कहाँ आउँनु भएको ? तल जानोस्, दर्शकतिर देखाएर सङ्केत गरे ।“

 

बुझेँ, परिवेश नियालेँ, मुसुक्क हाँसेँ । डायरी निकालेँ, टिपोट गरेँ, “जुन सम्बन्धित विषय बुझ्न गरिएको स्थलगत भ्रमण थियो, खोजी केवल हराएकाको मात्र होइन, नवीन आयामको पनि हुनेछ ।“ अनुहारमा हल्का मुस्कान ल्याएँ अनि अनभिज्ञ बनेँ ।

 

 

 

civil hospital
Hams Hospitals