३५ वर्षमा एक चौथाई समय पनि एमालेले शासन गरेको छैन : सबै दोष हामीलाई थोपर्न मिल्दैन’ : निरज आचार्य

336
shares

 

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विगत ३५ वर्षमा एमालेले जम्मा ८ वर्ष ५ महिना ११ दिन मात्र सरकारको नेतृत्व गरेको बताएका छन् । उनले एमालेलाई लक्षित गरेर ३५ वर्षमा के ग¥यौ भन्नु तथ्यविपरीत रहेको जिकिर गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आचार्यले एमालेलाई लक्षित गरेर अहिले समाजमा ३५ वर्षमा तिमीहरूले के गर्यौ भन्दै जबर्जस्ती एउटा गलत भाष्य निर्माण गरेर आम नागरिकमा भ्रम छर्न खोजिएको उल्लेख गरेका छन् ।

उनका अनुसार पछिल्लो पटक पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना तीन कार्यकालमा क्रमशः २९८ दिन, १,२४४ दिन र ४२५ दिन गरी कुल १,९६७ दिन अर्थात् ५ वर्ष ४ महिना २२ दिन सरकारको नेतृत्व गरेका हुन् ।

तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले २८६ दिन, माधवकुमार नेपालले ६२३ दिन र झलनाथ खनालले २०५ दिन सरकारको नेतृत्व गरेको उल्लेख गरेका छन् । यी सबै अवधि जोड्दा एमालेले विगत ३५ वर्षमा कुल ३,०८१ दिन अर्थात् ८ वर्ष ५ महिना ११ दिन मात्रै सरकारको नेतृत्व गरेको छ ।

२०४८ पछिका २७ वर्ष अन्य राजनीतिक दलहरूले शासन सञ्चालन गरेका छन् आचार्यले लेखेका छन्। ३५ वर्षको एक चौथाइ समय पनि एमालेले सत्ता चलाएको छैन । अनि सबै बिग्रिएका कामको सबै दोष एमालेलाई थोपरेर हुन्छ ? उनले प्रश्न गरेका छन् ।

एमाले नेतृत्वको सरकारको कार्यकाल छोटो भए पनि त्यस अवधिमा ऐतिहासिक उपलब्धि हासिल भएको उनको दाबी छ । उनले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षाको सुरुवात र विस्तार, सुशासन, बलियो राष्ट्रियताको अडान तथा ठूला पूर्वाधार निर्माणजस्ता क्षेत्रमा उल्लेखनीय काम भएको बताएका छन् ।

आचार्यले नागरिकका मूर्छित सपनाहरूलाई ब्युँझाउने र राज्य एवं प्रणालीप्रति आम जनताको भरोसा जगाउने काम एमाले नेतृत्वकै सरकारहरूले गरेका हुन् भन्ने दाबी पनि गरे । उनले तथ्यका आधारमा मात्रै राजनीतिक मूल्यांकन गर्न आग्रह गर्दै भ्रमको पछाडि नलागी सत्यको सम्प्रेषण र आलोचना गर्न आग्रह गरे ।

civil hospital
Hams Hospitals