नेप्से परिसूचक १३.९५ अंकले घटेर २,७१२.५४ बिन्दुमा बन्द
वि.सं.२०८३ साउन ६ बुधवार
1.3K
shares
shares
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.९५ अंक अर्थात् ०.५१ प्रतिशतले घटेर २,७१२.५४ विन्दुमा बन्द भएको छ। बजार बन्द हुँदा कुल ५ अर्ब १८ करोड ७४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने १ करोड १३ लाख ६२ हजारभन्दा बढी कित्ता शेयर किनबेच भएको छ।
कारोबार अवधिभर बजारमा उतारचढाव देखिए पनि अन्तिम समयमा बिक्री दबाब बढ्दा परिसूचक नकारात्मक बनेको हो। आज ७७ कम्पनीको शेयर मूल्य बढ्दा १९३ कम्पनीको मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ।





























