Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

TVS को नयाँ ‘Orbiter’ नेपालमा: एक चार्जमै १५८ किमि, अब EV बजारमा प्रतिस्पर्धा झन् चर्किने

585
shares

काठमाडौं । TVS Motor Company ले नेपाली विद्युतीय दुईपाङ्ग्रे बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै नयाँ TVS Orbiter इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले १५८ किलोमिटर (IDC) रेन्ज, ३४ लिटर अन्डर–सिट स्टोरेज, क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट र उद्योगमै पहिलो १४ इन्चको फ्रन्ट ह्विलजस्ता अत्याधुनिक फिचरसहितको स्कुटर नेपाली बजारमा ल्याएको हो।

TVS VENU समूहअन्तर्गतको कम्पनीले सहरी यात्रालाई लक्षित गर्दै सार्वजनिक गरेको Orbiter मा ३.१ kWh ब्याट्री प्रयोग गरिएको छ। यसले एक पटकको चार्जमा १५८ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। साथै Eco र Power गरी दुईवटा राइडिङ मोड, रिजेनेरेटिभ ब्रेकिङ, OTA अपडेट, मोबाइल एप कनेक्टिभिटी, टर्न–बाइ–टर्न नेभिगेसन, कल तथा SMS सूचना, पार्किङ असिस्ट र USB चार्जिङ पोर्ट जस्ता सुविधा समावेश गरिएका छन्।

TVS Motor Company का अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष Peyman Kargar ले नेपालमा Orbiter सार्वजनिक हुनु कम्पनीको विश्वव्यापी EV विस्तार रणनीतिको महत्वपूर्ण उपलब्धि भएको बताए। उनले स्वच्छ, स्मार्ट र दिगो यातायातलाई प्रवर्द्धन गर्ने लक्ष्यअनुसार नयाँ प्रविधिमा आधारित उत्पादन बजारमा ल्याइएको उल्लेख गरे।

कम्पनीका उपाध्यक्ष Madhu Prakash Singh ले नेपाली सडक र भौगोलिक अवस्थाअनुसार Orbiter को व्यापक परीक्षण गरिएको दाबी गर्दै यसले युवा पुस्ताको आवश्यकता, आधुनिक डिजाइन र विश्वसनीय कार्यसम्पादनलाई एकैसाथ समेटेको बताए।

नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि का तर्फबाट Shahil Agrawal ले TVS iQube को सफलतापछि Orbiter ले पनि नेपाली EV बजारमा कम्पनीको नेतृत्वलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

स्कुटरमा ८४५ मिमि लामो फ्ल्याटफर्म सिट, २९० मिमि फुटबोर्ड, १६९ मिमि ग्राउन्ड क्लियरेन्स र ३४ लिटर अन्डर–सिट स्टोरेज रहेको छ, जसमा दुईवटा हेल्मेट अटाउन सकिन्छ।

सुरक्षाका लागि दुर्घटना अलर्ट, स्कुटर ढलेको सूचना, लाइभ लोकेसन ट्र्याकिङ, जियो–फेन्सिङ, चोरी तथा टोइङ अलर्ट, नेभिगेट–टु–भेहिकल र आपतकालीन सूचना प्रणाली जस्ता स्मार्ट फिचर उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

TVS Orbiter नेपालमा Neon Sunburst, Cosmic Titanium र Martian Copper गरी तीन रंगमा उपलब्ध हुनेछ। यसको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ।

civil hospital
Hams Hospitals