शेखर गोल्छालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश
वि.सं.२०८३ साउन १२ मंगलवार
210
shares
shares
काठमाडौं । बीमा तथा धितोपत्रसम्बन्धी कसुरमा मुछिएका व्यवसायी शेखर गोल्छा जिल्ला अदालत काठमाडौंको आदेशपछि धरौटीमा रिहा भएका छन्।
जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध दायर भएको मुद्दामा धरौटी लिएर रिहा गर्न आदेश दिएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार गोल्छा आफैं अदालतमा हाजिर भएका थिए। अदालतमा उपस्थित भएपछि भएको थुनछेक बहसपछि अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
उनीविरुद्ध बीमा तथा धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो। अदालतको आदेशसँगै उनी धरौटी बुझाएर रिहा भएका छन् भने मुद्दाको कानुनी प्रक्रिया भने यथावत् अघि बढ्नेछ।



























