नेप्से परिसूचक ७.७९ अंकले घटेर २,६८८.८८ बिन्दुमा बन्द , ४ अर्ब २ करोड रुपैयाँभन्दा बढीको कारोबार

150
shares

काठमाडौँ ।साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य गिरावटसहित बन्द भएको छ। आज नेप्से परिसूचक ७.७९ अंक अर्थात् ०.२८ प्रतिशतले घटेर २,६८८.८८ विन्दुमा कायम भएको हो।

 

कारोबार अवधिभर बजारमा उतारचढाव देखिए पनि अन्तिम समयमा बजार नकारात्मक बनेको थियो। आज कुल ४ अर्ब २ करोड ९३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने ९७ लाख ७७ हजारभन्दा बढी कित्ता शेयर किनबेच भएका छन्। कारोबारमा सहभागी कम्पनीहरूमध्ये ७८ कम्पनीको शेयर मूल्य बढ्दा १८६ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

 

घट्ने कम्पनीको संख्या उल्लेख्य रूपमा बढी रहेकाले समग्र बजारमा बिक्री दबाब कायम रहेको देखिएको छ।

civil hospital
Hams Hospitals