प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित, दुई आयुक्तको नाम पनि पास

114
shares

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

समितिको बुधबार बसेको बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तका रूपमा अनुमोदन गर्ने निर्णय गरेको हो। समितिको सर्वसम्मत अनुमोदनसँगै अब उनको नियुक्तिको संवैधानिक प्रक्रिया अघि बढ्नेछ।

यस्तै, निर्वाचन आयोगका आयुक्तमा प्रस्तावित गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम पनि समितिले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएसँगै निर्वाचन आयोगले नयाँ नेतृत्व पाउने भएको छ। आगामी निर्वाचन व्यवस्थापन, मतदाता नामावली अद्यावधिक, निर्वाचन प्रणालीको सुधार तथा आयोगको संस्थागत सुदृढीकरणमा नयाँ नेतृत्वको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

civil hospital
Hams Hospitals