एमाले भित्र केपी ओली हटाउन बहुमत !

1.4K
shares

 

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकपछि गठन गरिएको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले देशभरबाट सुझाव सङ्कलन सम्पन्न गरेको छ।

स्रोतका अनुसार साउन ४ गतेदेखि ८ गतेसम्म बसेको सचिवालय बैठकमा अधिकांश सचिवालय सदस्यहरूले पछिल्लो निर्वाचन परिणामको समीक्षा गर्दै अध्यक्ष केपी शर्मा ओलीले नैतिक जिम्मेवारीका आधारमा नेतृत्व हस्तान्तरणका लागि मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका थिए।

बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका विषयमा सुझाव संकलन गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले कार्यविधि तयार गरी सातै प्रदेश, विभिन्न जनसंगठन तथा अन्य सम्बन्धित निकाय गरी १३ वटा संरचनाबाट सुझाव संकलन गरेको बताइएको छ।

कार्यदलले संकलन गरेको सुझावअनुसार अधिकांश सहभागीहरूले पार्टीमा नेतृत्व परिवर्तन, संगठनात्मक रूपान्तरण तथा नयाँ पुस्ताको नेतृत्व विकासमा जोड दिएका छन्। स्रोतका अनुसार करिब ८५ प्रतिशत सहभागीले नेतृत्व परिवर्तनको पक्षमा आफ्नो धारणा राखेका छन्।

सुझाव संकलनको कार्य सम्पन्न भएपछि बसेको कार्यदल बैठकले संयोजक बादल र सदस्य सचिव शंकर पोखरेललाई प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएको छ।

कार्यदलको प्रतिवेदन पार्टी नेतृत्वसमक्ष पेश भएपछि त्यसका आधारमा आगामी संगठनात्मक पुनर्गठन, नेतृत्व व्यवस्थापन तथा राजनीतिक रणनीतिबारे थप निर्णय हुने अपेक्षा गरिएको छ।

civil hospital
Hams Hospitals