सप्तरीको बोदेबर्साइनमा अनिश्चितकालीन कर्फ्यु जारी

600
shares

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सप्तरीले बोदेबर्साइन नगरपालिकाको चार किल्ला क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको बुधबार अबेर राति बसेको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरेका हुन्।

प्रशासनका अनुसार साउन १४ गते राति १० बजेदेखि अर्को आदेश नभएसम्म बोदेबर्साइन नगरपालिकाको तोकिएको क्षेत्रमा कर्फ्यु लागू हुनेछ।

कर्फ्यु लागू हुने क्षेत्रको सीमा पूर्वमा हुलाकी राजमार्गको खड्क पुल, पश्चिममा पृतमपुर चौक, उत्तरमा नेंगडा चोक र दक्षिणमा मानराजा चोकसम्म तोकिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ।

पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै शान्ति–सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

प्रशासनले कर्फ्यु अवधिभर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ। आदेश उल्लंघन गरे कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ।

civil hospital
Hams Hospitals