खल्तीमार्फत डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १००% क्यासब्याक जित्ने अवसर
वि.सं.२०८३ साउन १४ बिहीवार
shares
काठमाडौं। आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ‘१००% उपहार’ योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत खल्तीमार्फत डिम्याट तथा मेरोशेयर नवीकरण गर्ने प्रयोगकर्तामध्ये हरेक १५ दिनमा १०० जना भाग्यमानी प्रयोगकर्ताले आफूले भुक्तानी गरेको नवीकरण शुल्क बराबरको १०० प्रतिशत क्यासब्याक प्राप्त गर्ने अवसर पाउनेछन्। यो योजना श्रावण महिनाको अन्त्यसम्म सञ्चालन हुनेछ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) ले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क साउन १५ गतेभित्र भुक्तानी गर्न अनुरोध गरेको छ। तोकिएको समयभित्र शुल्क नबुझाएमा साउन १६ गतेदेखि डिम्याट खाता रोक्का हुनसक्नेछ। डिम्याट खाता रोक्का हुँदा शेयर खरिद–बिक्रीलगायतका पूँजीबजारसम्बन्धी कारोबार प्रभावित हुन सक्ने भएकाले समयमै नवीकरण गर्नु आवश्यक हुन्छ।
हाल डिम्याट खाताको वार्षिक नवीकरण शुल्क रु. १०० र मेरोशेयरको वार्षिक शुल्क रु. ५० रहेको छ। प्रयोगकर्तालाई सहज, छिटो र सुरक्षित रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले खल्तीले यो योजना ल्याएको हो।
खल्तीबाट डिम्याट तथा मेरोशेयर कसरी नवीकरण गर्ने?
१. Khalti App खोल्नुहोस्।
२. Financial Services मा गई MeroShare & Demat Renewal मा क्लिक गर्नुहोस्।
३. आफ्नो Depository Participant (DP) छनोट गरी Client ID प्रविष्ट गर्नुहोस्।
४. Demat, MeroShare वा Both मध्ये आवश्यक सेवा छनोट गर्नुहोस्।
५. Get Details मा क्लिक गरी विवरण पुष्टि गर्नुहोस्।
६. विवरण सही भएपश्चात खल्तीमार्फत सुरक्षित रूपमा भुक्तानी सम्पन्न गर्नुहोस्।
प्रयोगकर्ताले आफ्नो ब्रोकर वा डिपोजिटरी पार्टिसिपेन्ट (DP) को वेबसाइटमार्फत नवीकरण गर्दा पनि Khalti Payment Gateway प्रयोग गरी सहज रूपमा शुल्क भुक्तानी गर्न सक्नेछन्।
खल्तीले डिम्याट तथा मेरोशेयर नवीकरणका लागि App तथा Payment Gateway दुवै माध्यमबाट २४ घण्टा सेवा उपलब्ध गराउँदै आएको छ। यसबाट प्रयोगकर्ताले घरमै बसेर आफ्नो खाता सक्रिय राख्न सक्नेछन्।
खल्तीले सबै प्रयोगकर्तालाई अन्तिम समय कुर्नुभन्दा अगावै डिम्याट तथा मेरोशेयर नवीकरण गर्न र ‘१००% उपहार’ योजनामार्फत आकर्षक क्यासब्याक जित्ने अवसरमा सहभागी हुन आग्रह गरेको छ।





























