बर्षौ देखि जनता र राष्ट्रिय भरोसा बोकेको निजामती प्रशासन सकाएर सकिँदैन
वि.सं.२०८३ साउन १७ आइतवार
shares
सल्लाहकार र सचिवालय गठनबाट निजामती प्रशासन कमजोर हुन्छ,प्रशासकहरु कमजोर हुन्छन भनेर टिकाटिप्पणि भै रहेको छापा, सोसल मिडियामा,सामाजिक संजाल,वनलाईन,टिभि,रेडियो लगायतमा पढ्न,सुन्न पाईन्छ र भिडियोहरु छ्याप छ्याप्ति आईरहेका छन,देखिन्छन।यो खेल पुरानै हो।नेपालको निजामती प्रशासनलाई राजनैतिक खेलमा हालेर बिगार्ने प्रयास बिगतमा भएका थिए अहिले पनि भै राखेका छन।
यस्तो प्रयास संभव छैन।लोकसेवा आयोगको गठन र निजामती कर्मचारीहरुको समाबेशि पारदर्शी पदपूर्तिबाट यसको छुट्टै जवाफ देहिता झल्काउछ र जिम्मेवार पनि बनाउछ।नेपालको निजामती प्रशासनका सेवा,समूह,उपसमूहहरु हेर्नुस र पढ्नुस अनि तिनका ऐन,नियम, कानून कहाँ नेर,कसरी कमजोर छन पक्कै छैनन्।कहिँ,काहीँ कमजोर छैन/हुदैन।निजामतीमा जनता र यूवाहरुको भरोषा कायम छ।
कुप्रचार र कुनियतबाट यसलाई कसैले केही गर्न सक्दैन।न्याय,प्रशासन,लेखा,परराष्ट्र,कृषि,पशु,ईन्जिनियरिङ,लेखापरीक्षण,संसद,बिबिध लगायत सबै सेवा,समूह,उपसमूहमा आफ्नै कानून,ऐन,नियमको ब्यबस्था सहित आफ्नै काम,कर्तव्य र अधिकार स्पष्ट उल्लेख छ।यहाँ राष्ट्रिय अधिकार र राज्यको मौलिकता सहित संबिधानले निर्देशित गरेको भूमिका छ।कसैले मेटाउन सक्दैन यसका लागि राज्य नै सकिन पर्छ यो संभव छैन।
यहाँ कर्मचारीहरु कसरी कमजोर हुन्छन् उनिहरुको भूमिका स्पष्ट छ योजना संचालन,राजस्व संकलन,नीति निर्माण,न्याय सम्पादन,कुटनितिक कार्य,भौतिक निर्माण,मानविय आचरण, काम,अनुशासन,भुक्तानी,अनुगमन,नागरिकता,पासपोर्ट,राष्ट्रिय परिचय पत्र लगायत बितरण,सिफारिस,जन्म,मृत्यु दर्ता लगायत ५०० माथि जन आवश्यक काम गर्छन।
जन्म देखि मृत्यु सम्म,स्वदेश देखि बिदेशसम्म,लास देखि राहतसम्म काम गर्ने एउटै निकाय हो निजामती प्रशासन कति हो कति काम गर्छन जनजनमा निजामती कर्मचारी छन।जो नजिक छ उसको केही भ्रमपूर्ण प्रचार हुन्छ आत्तिन हुदैन ।
अनि कसैले सल्लाहकार,सचिवालय,पिए केके राखेर कसरी कमजोर हुन्छ हुदैन,हुनै सक्दैन।कर्मचारीहरुको आफ्नै जिम्मेवार छ ।कर्मचारीले जनता,सेवाग्राही र राष्ट्रका सामू खेलेको/गरेको भूमिकाबाट अविचलित नभै काम गर्नुपर्छ।प्रशाशक देखि कार्यालय सहयोगी सम्म काम र अधिकारका लागि एकै ठाउँमा रहनपर्छ/हुनपर्छ/परिआए संघर्ष गर्नपर्छ।कर्मचारी भित्र बर्ग बिभाजन हुनहुदैन।सबैले आफ्नो अोहोदा अनुसार अनुशासित हुनपर्छ।
निजामती प्रशासनको प्रभावकारी काम संघ,प्रदेश र स्थानीय सरकार समक्ष प्रतिभावान,प्रभावकारी र पारदर्शी बनाउन पर्छ।नेपालको निजामती प्रशासन कसैले कमजोर बनाएर वा सकेर सकिदैन।कसैले सकाउने प्रयत्न गरेपनि सकिदैन ढुक्कका साथ बसेहुन्छ।तपाईं कसैको प्रयास सफल हुदैन।केही प्रशासक र दलिय कर्मचारीहरुका कारण आज यो भ्रमपूर्ण स्थिति पैदा भाछ यसको जवाफ कामबाटै दिनपर्छ र आम कर्मचारीले कामबाटै जवाफ फर्काएका पनि छन।
यहाँ केहि अराजक तत्व र लाभ लिने भ्रमित समूहले मात्र कमजोर देखाउन खोजेका छन।तिनीहरुले केहि ठेउका प्रशासकलाई लियर नेतृत्वका सामू गलत सूचना दिदै निजामती प्रशासन सकाउने वा कमजोर बनाउने प्रयास भाछ त्यो हामी/तपाई जानकार छौ। सम्झनुस निजामती प्रशासन कुनै यूगमा पनि कमजोर हुनेछैन। निजामती प्रशासन मौलिक कानूनि आधार र राष्ट्रिय,अन्तर्राष्ट्रिय ख्याति प्राप्त भएको संस्था हो।
नेिजामति प्रशासन भित्र भएका बिकृति र बिसंगति बिरुद्ध लड्दै जान आवश्यक छ।पुनर्ताजगी गर्न भने आवश्यक छ।यसका लागि ऐन,नियम,कानून निर्माण बमोजिम अगाडि बढ्नपर्छ।
गलत गर्नेहरुलाई कारबाही पनि भाका छन नभएका हैनन्।निजामती प्रशासन र निजामती कर्मचारीले संघ,प्रदेश र स्थानिय सरकार सामू आफ्नो अब्बल भूमिका प्रस्तुत गरेका छन।राष्ट्रियता कर्मचारीका मनमन छ।
निजामति नेतृत्वले थप संगठित रुपमा राज्य र जनाताका सामू प्रभावकारिता देखाउन सक्नपर्छ।सबै कर्मचारीको अविभावक बन्नपर्छ।अब कर्मचारी नेतृत्वले राष्ट्रिय,अन्तर्राष्ट्रिय रुपमा प्रशारण हुने आफ्नै च्यानल,मिडिया वा सामाजिक संजाल निर्माण गरि राम्रा गरेका कामहरु,अनुशासन र आचरण,विधि,प्रकृया, भएका कानूनि ब्यबस्था र बन्ने कानूनका बारेमा जानकारी गराउनपर्छ।
निजामती प्रशासनको हेडसर मुख्य सचिव पदमा सचिवहरूको खुल्ला प्रतियोगिता मार्फत पदपूर्ति गर्नपर्छ सरकारले हटाउन नसक्ने कानूनि प्राबधान बनाउन पर्छ।
आम नागरिकका सामू मुख्य सचिव र सचिवहरु र कुनै कर्मचारीबाट आजसम्म अनजान वा कुनै सरकारका दवाव र प्रभावमा परेर गरेका गल्ति छन भने माफि मागेर कानून बमोजिम अडिग भै काम गर्ने र कर्मचारी हत्तोसाहित नभै सरकारले कर्मचारीको संरक्षण र सुरक्षा गर्ने छ भनेर बक्तव्य वा बाचा गर्नु आवश्यक छ।निजामती कर्मचारीहरुको मनोबल अब सरकारले मात्र हैन निजामती कर्मचारीहरुबाटै उकास्न,थप जिम्मेवार बनाउन र गरिमा घट्न नदिन थप कदम चालेर अगाडि जानू आवश्यक छ।
पुनःच यहाँ कसैले,कहिलै ,केही कुनै जे गठन गरेपनि अहिले आतेस पारेर सकिए जस्तो बनाएपनि निजामती प्रशासन सकिदैन,कमजोर हुदैन यो ७८ बर्षिय ईतिहास ज्यूदो छ।
यहाँ हरेक प्रबिधिमैत्री,कानूनि जानकार नव युवाहरूको समाबेशि प्रतिनिधित्व कायम भै सकेको छ।उजागर,अनुशासित र भूमिका मैत्री बनाउन केही मात्र बाँकि केहि
#अब्बल,सक्षम,नेतृत्व गर्न सक्ने र देशमा भएका हरेक संकटमा जनप्रतिनिधि तथा सरकारको नेतृत्व समेत गरेर राष्ट्र सबल बनाएको निजामती प्रशासन आज पनि उत्तिकै महत्त्व साथ सबै क्षेत्रमा क्रियासिल छ।
केही अबवाफले न तर्सन्छ न सकिन्छ।
नयाँ लयमा फर्कन संघर्ष गर्नपर्छ,पर्खनपर्छ।
काम,कर्तव्य र जिम्मेवारी संहर्ष रुपमा भै रहेकै छ।
अब पनि हुन्छ र देशको सबै नेतृत्व निजामतीले नै गरेको छ।
अब पनि गर्छ।
सेवाग्राहीले र राज्यले अगाडि डेक्समा काम गर्ने निजामती कर्मचारी बाहेक अर्को पाउने छैन,पाउँदैनन। जनताले सधैं यिनै निजामती कर्मचारीका हातबाट सेवा लिने हो लिईरहनेछन।
वडा सचिव,मालपोत,गापा,नगर,नागरिकता बितरण,न्याय,परराष्ट्र,संसद,राजस्व,योजना भुक्तानी,जहाँ जानुस न तेहि कर्मचारी छन् ।निजामती कर्मचारी सेवक हुन उनिहरु सेवामा समर्पित छन।
जहाँ जससलाई कहाँ कस कसलाई नियुक्ति गर्नु हुन्छ केही हुने वाला छैन। जनताको घरको दैलोमा र कार्यालयको ढोकामा सेवा बोकेर भोकै उभिएका कर्मचारीलाई केही फरक पर्ने छैन।उनिहरु सेवाले अघाउने छन।सेवाले मर्न खुस हुनेछन।तपाईंले जे गरेपनि कर्मचारीको सेवाभाव मार्न सक्नुहुने छैन।।यो देश बिगारेको कर्मचारीले हैन,यस्तो अपराध कर्मचारीबाट हुदैन।
“कसैले केका लागि बिचौलिय खडा गरेर,राजनिती गराएर निजामती कर्मचारीहरुको गरिमा सकाउने प्रयासमा लाग्यो त्यसको जिम्मेवार तपाईं नै हो तपाईं नै हुनपर्छ।”





























