सिभिल अस्पतालको विरामी सिस्टम : बिहान ४ बजेदेखि लाइनमा बसेका बिरामी अलपत्र, टिकट नै नकटेपछि नाराबाजी

65.5K
shares
Nabil bank

काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा उपचारका लागि आएका सर्वसाधारण मंगलबार बिहान ४ बजेदेखि नै टिकटका लागि लाइनमा बसे पनि अस्पताल प्रशासनले घण्टौँसम्म टिकट वितरण सुरु गर्न नसक्दा बिरामी र आफन्तले सास्ती व्यहोर्नुपरेको छ।

अस्पतालले ‘सिस्टम डाउन’ भएको कारण देखाउँदै टिकट काट्ने कार्य रोकिएपछि बिहानैदेखि अस्पताल परिसरमा बिरामीको भीड बढेको थियो। नियमित रूपमा बिहान ७ बजेदेखि टिकट वितरण हुने व्यवस्था भए पनि लामो समयसम्म सेवा सञ्चालन हुन नसक्दा उपचारको प्रतीक्षामा रहेका बिरामी तनावमा परेका छन्।

बारा जिल्लाको निजगढबाट उपचारका लागि आएका दामोदर मैनालीले बिहानैदेखि लाइनमा बसे पनि टिकट नपाएको गुनासो गर्दै भने, “बिहान ७ बजेदेखि टिकट काट्ने कार्य हुन्थ्यो, तर आज अहिलेसम्म सुरु भएको छैन।” उनका अनुसार ढिलाइप्रति आक्रोशित सेवाग्राहीले केहीबेर अस्पताल परिसरमा नाराबाजीसमेत गरेका थिए।

राज्यको प्रमुख सरकारी अस्पतालमध्ये एक सिभिल अस्पतालमा सामान्य टिकट वितरणसमेत प्रविधिको भरमा ठप्प हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको भन्दै अस्पताल प्रशासनको कार्यशैलीमाथि प्रश्न उठेको छ। बिरामीको संवेदनशील अवस्थालाई बेवास्ता गर्दै सेवा अवरुद्ध हुनु स्वास्थ्य सेवा व्यवस्थापनको कमजोर पक्षका रूपमा हेरिएको छ।

अस्पताल प्रशासनले भने सिस्टम कहिलेसम्म सञ्चालनमा आउने भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरेको छैन। यसले उपचारका लागि टाढाटाढाबाट आएका बिरामी झनै अन्योलमा परेका छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x